अपडेट 
२०७९ पुष २६, मंगलवार १६:३०

दोस्रो क्वालिफायरमा मंगलबार जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगको फाइनलमा स्थान पक्का गरेको छ ।

जितसँगै विराटनगरले उपाधिका लागि लुम्बिनी अल स्टारसँगको भेट पक्का गरेको छ । लुम्बिनीले यसअघि पहिलो क्वालिफायरमा जनकपुरलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १२८ रनमात्र बनाउन सक्यो ।

जनकपुरका चान्ड्विक वाल्टनले ५१ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । कप्तान ट्रिभोन ग्रिफिथले ३४ र खडक बोहराले १४ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विराटनगरका कियोन जोसेफले तीन विकेट लिए ।  यस्तै, नन्दन यादव र  राज नाननले समान दुई विकेट लिदा सुर्य तामाङ र हुसैन तलातले एक–एक विकेट लिए ।

Comment


Related News

Latest News

Trending News