अपडेट 
२०७९ पुष २६, मंगलवार १६:३३

भारतको लखनउमा भएको बस दुर्घटनामा मृतक नेपालीको संख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते कञ्चनपुर कृष्णपुरका अन्दाजी ३५ वर्षीय दीपक सुनार र टीकापुरका अन्दाजी ३५ वर्षीय हरि साउदको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

सोमबार टीकापुर नगरपालिका-१ का ५५ वर्षका चन्द्र साउँद, ४५ वर्षका ललित साउँद र २० वर्षकी निर्मला बोहराको दुर्घटनामा ज्यान गएको थियो ।

भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आइरहेको आरजे २७ पीए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो ।

सो बससँग मिनी ट्रक ठोक्किएको थियो । बसमा ६६ जना यात्रु सवार थिए ।

Comment


Related News

Latest News

Trending News