अपडेट 
२०७९ पुष २८, बिहीबार ११:०८

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएकाे हाे ।

अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको समाचार संस्था अल जजिराले जनाएको छ ।

तालिबान सरकारले हताहतको सङ्ख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दाबी गरेकाे छ ।

Comment


Related News

Latest News

Trending News