अपडेट 
२०७९ पुष २८, बिहीबार १६:००

काठमाडौं । गत महिना उब्जेकिस्तानमा १९ बालबालिकाको मृत्युसँग जोडिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बालबालिकाका लागि भारतमा बनेको दुईवटा कफ सिरप सिफारिस नगर्न चेतावनी दिएको छ ।

डब्ल्यूएचओले नोएडास्थित मेरियन बायोटेकका दुवै उत्पादनहरु ‘गुणस्तरहीन चिकित्सा उत्पादनहरु’ जसले ‘गुणस्तर मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएर हटाएको’ बताएको छ ।

बुधबार जारी गरिएको ‘चिकित्सा उत्पादन चेतावनी’ मा गुणस्तरहीन चिकित्सा उत्पादनहरुको रुपमा ‘अम्ब्रोनोल र डीओके–१ म्याक्स’ पहिचान गरिएको थियो । डब्ल्यूएचओले भन्यो, “दुबैको निर्माता मेरियन बायोटेक प्रालि हो । आजसम्म, निर्माताले यी उत्पादनहरूको सुरक्षा र गुणस्तरको बारेमा डब्ल्यूएचओलाई ग्यारेन्टी प्रदान गरेको छैन ।”

गत डिसेम्बरमा उब्जेकिस्तानमा सो कफ सिरफ प्रयोग गरेका बालबालिकाको मृत्यु भएपछि मेरियन बायोटेक विवादमा परेको छ । सोमबार उत्तर प्रदेशको औषधी इजाजतपत्र र नियन्त्रण प्राधिकरणले सो उत्पादनको लाइसेन्स निलम्बन गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News