२०७९ पुष २९, शुक्रबार १०:४७

काठमाडौं, पुस २९ : उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएसँगै क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् ।

उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने आदेश दिएकोले हिजो उक्त रकम बुझाउन ढिलो भएको कारण प्रक्रिया पुर्‍याएर लामिछाने आजमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको हो ।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहिीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका हुन।

सन्दीपलाई विदेश जान, मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन भने रोक लगाइएको छ।

Comment


Related News

Latest News

Trending News