२०७९ पुष ३०, शनिबार ०६:४१

मधेस प्रदेशका सरोजकुमार यादव सहित ३ जना मन्त्रीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् मधेश भवन (जचुकाली)को परिसरमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादव लगायतका मन्त्रीहरुलाई सपथग्रहण गराएका थिए । सत्ता गठबन्धनमा रहेका एमालेबाट दलका नेता सरोज कुमार यादवमहोत्तरी), जनता समाजवादी पार्टी( जसपा)बाट सांसद सञ्जय कुमार यादव र जनमत पार्टीबाट सांसद ईञ्जिनियर वसन्त कुशावाहाले सपथ लिएका छन् ।उनीहरुलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन् । माओवादी केन्द्रमा आन्तरिक विवादको कारण मुख्यमन्त्रीसँगै सपथग्रहण गर्ने कार्यक्रम हुन सकेन् ।

स्रोतका अनुसार एमालेका नेतालाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, जसपाका यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । जनमतका कुशवाहाले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन् । माओवादी केन्द्रले निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको सरकारमा पाएको गृह तथा सञ्चार मन्त्रालय नलिने जनाइसकेको छ । सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा), नेकपा एस पनि सहभागी हुन चाहे सहभागिता गराइने बताइएको छ ।लोसपा लगायतका दलहरु सरकारमा सहभागी भए एमाले र जसपाको भाग कटौती हुने स्रोतले जनाए । सपथ लगतै मुख्यमन्त्री यादवले जानकी मन्दिरमा दर्शनपूजा गरी मुजेलियास्थित शहीदद्वारमा मल्र्यापण गरेका थिए । पदबहाली लगतै मुख्यमन्त्रीले मन्त्रालयहरुमा देखिएको बेथीतिलाई हटाएर पारदर्शी बनाउन सचिवहरुलाई निर्देशन दिए । ‘भ्रष्टाचार, ढिलासुस्ती लगायतका विकृतिहरुलाई तपाईहरु स्वयंले सुधार गर्नुस’ उनले भने, मधेश प्रदेशमा भ्रष्टाचार असह्य हुने र त्यस्ता प्रवृति भएकाहरुलाई कारबाहीको दायरामा ल्याइनेछ ।

विगतमा मधेश प्रदेश सर्वाधिक बदनाम भ्रष्टाचारको आरोपमा भएको थियो । मुख्यमन्त्री यादवले सेवालाई पारदर्शी र छरितो बनाउन सचिवहरुलाई आग्रह गर्दै भने, तपाईहरुलाई पर्ने समस्या सरकारले तत्काल समाधान गर्नेछ । सेवालाई विद्युतीय सञ्जालमा आवद्ध गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा प्रदेशको प्रशासनलाई डिजिटल प्रणालीमा जोडी ‘प्रदेश प्रशासन’ ई गभर्मेन्स शासनको माध्यमबाट सुशासन कायम गर्न इ गभर्मेन्स मास्टरप्लान निर्माण गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पहिलो निर्णय गरेको प्रमुख सचिव कृष्णबहादुर राउतले जनाएका छन् । मुख्यमन्त्री यादवले माघ २ गते सोमवार प्रदेश सभामा विश्वासको मत लिने कार्यसुची राखिएको छ ।

Comment


Related News

Latest News

Trending News