२०७९ माघ १, आईतवार ०६:३९

जीतपुरसिमरा उपमहानगरपालिका – ५ बकुलियामा शनिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा २ सय ६५ जनाले जाँच गराएका छन् ।

त्रिशुल क्लबको आयोजना र रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरको प्राविधिक सहयोगमा भएको सो शिविरमा १ सय १५ जनामा मोतिया बिन्दु र ८ जनामा टेरेजियम (आँखामा मासु बढेको ) देखा परेको प्राविधिक टोलीका सदस्य सुदर्शन काफ्लेले जानकारी दिए । शिविरमा डा.बासुदेव साह ,डा. मुकुन्द खत्री र डा. राकेश गिरीले सेवा प्रदान गरेको जनाइएको छ । मोतिया बिन्दु र टेरेजियम देखा परेका बिरामीहरुको माघ २ गतेदेखि तीन दिनसम्म शल्यक्रिया गरिने बताइएको छ । केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने क्लबका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

शिविरको उद्घाटन कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष दीपेन्द्र चौधरी, वडा सदस्य इन्धल पासवान, प्रधानाध्यापक किशोरी यादव, प्राविधिक सहयोगी सुदर्शन काप्mले, राजेश यादव, चन्द्र कुमार श्रेष्ठ, सोम बहादुर श्रेष्ठ, क्लबका सचिव राजेन्द्र चौधरी लगायतको व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News