अपडेट 
२०७९ माघ १, आईतवार १३:१२

पोखरामा भएको विमान दुर्घटनामा ४० जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ४० जनाको शव निकालिएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

विमानमा १० विदेशी पनि सवार

विमानमा १० जना विदेशी नागरिक रहेको पाइएको छ ।

यती एयरलाइन्स स्रोतका अनुसार रुसका चार जना, दक्षिण कोरियाका २ जना तथा अस्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड र अर्जेन्टिनाका एक एक जना नागरिक रहेका थिए ।

विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

तीमध्ये ६ जना बालबालिका थिए जसमा ३ जना शिशु रहेको पाइएको छ ।

सूची

https://www.youtube.com/watch?v=lMUBG9jiTu0

Comment


Related News

Latest News

Trending News