अपडेट 
२०७९ माघ ४, बुधबार ०९:४९

भारतीय कलाकार खेसरीलाल यादव सहभागी सुनसरीको बर्जु गाउँपालिकामा–६ मा भएको बर्जु महोत्सवमा झडप भएको छ ।

झडपका क्रममा प्रहरीसहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएकाको उपचार भइरहेको छ ।

मेला आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । गएको वर्ष पनि खेसरीलालको कार्यक्रम हेर्न आएका दर्शकबीच झडप हुँदा केही घाइते भएका थिए ।

Comment


Related News

Latest News

Trending News