अपडेट 
२०७९ माघ ८, आईतवार ०८:३३

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित चिल्ड्रेन पार्कमा वृक्षरोपण गरिएको छ । यहाँस्थित रौनियार सेवा समिति जनकपुरधामले आफ्नो १०औं वार्षिक साधारणसभाको अवसरमा शनिबार वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।

भैरवचोकस्थित समितिको भवन परिसर तथा चिल्ड्रेन पार्कमा वृक्षरोपण गरिएको छ । प्रदेशसभा साँसद रामअशिष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्क र समितिको कार्यालय परिसर गरी विभिन्न प्रजातिका ३५ वटा वृक्ष रोपिएको छ । डिभिजन वन कार्यालय धनुषाको सहयोगमा रुद्राक्ष, अमला, सपेता, सिसौं लगायतको प्रजातिका बिरुवाहरु रोपिएको रौनियार युवा मञ्चका अध्यक्ष सन्तोष कुमार गुप्ताले जानकारी दिए ।

वृक्षरोपण कार्यक्रममा बोल्दै साँसद यादवले प्रकृतिको संरक्षणका लागि वृक्षरोपण आजको घनिभूत आवश्यक्ता रहेको उल्लेख गरे । उनले वृक्ष नरहे हामी पनि नरहने बताउँदै वृक्षरोपणका लागि यस प्रकारको जनचेतनामूलक कार्यक्रम भइरहनु पर्ने समेत बताए । एक अर्को प्रसंगमा मञ्च आवद्ध युवाहरुलाई सुझाव दिँदै हुनेखाने युवाहरुले पढ्न लेख्न नसकेका बालबालिकाको अभिभावक बनेर शिक्षा अभियानमा सहभागी हुन आग्रह गरे । आर्थिक अभावलगायतका विभिन्न कारणले समाजका थुप्रै बालबालिकाहरु शिक्षाको अधिकारबाट वञ्चित रहेको बताउँदै उनले भने,‘तपाई युवाहरु मध्ये जो समृद्ध हुनुहुन्छ उहाँहरुले विपन्न परिवारका बालबालिकाको जिम्मा लिएर अभिभाकत्व निर्वहन गरी उनीहरुलाई शिक्षित बनाउन योगदान दिन सक्नु पर्छ ।’

त्यसैगरी कार्यक्रममा अध्यक्ष सन्तोष कुमार गुप्ताले हराभरा जनकपुरधाम तथा प्रकृतिलाई जोगाउनका लागि गरिने वृक्षरोपण ठूलो धर्म रहेको बताए । उनले यो वृक्षरोपण संख्यात्मक रुपमा कम देखिए पनि वृक्षरोपणप्रति सर्वसाधारणहरुको आकर्षण बढाउनका लागि थोरै भए पनि चेतनामूलक सहयोग गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी साधारणसभाको अवसरमा रौनियार समाजकै बालबालिकाहरुबीच वक्तृत्वकला, चित्रकला प्रतियोगिताको आयोजना समेत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News