२०७९ माघ ११, बुधबार ०७:४२

राजश्व उठाउनेतर्फ मात्र ध्यान जाँदा रौतहट जिल्लाको ट्राफिक व्यवस्थापन खस्किदै जान थालेको छ ।

ट्राफिक प्रहरीले यतिबेला सवारीसाधनलाई कारबाही गर्नुका सथै राजश्व उठाउनेतर्फ मात्र ध्यान केन्द्रित गरेका कारण ट्राफिक व्यवस्थापन खस्किदै गरेको स्थानीयको भनाइ छ । रौतहटको मातहतका ट्राफिक प्रहरीले चन्द्रपुर नगरपालिकाको मुख्य चोककै ट्राफिक व्यवस्थापन राम्रोसँग नगरेका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीयले गुनासो गर्न थालेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा अव्यवस्थित पार्किङले सवारी दुर्घटनाको खतरा बढदै जान थालेका छन् । चन्द्रनिगाहपुरको मुख्य चोक स्थित जुडिबेला जाने ट्याम्पु पार्किङमा मनलाग्दी सवारी पार्किङले दुर्घटनाको खतरा बढदै गएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । जुडिबेला टेम्पुपार्कमा टेम्पु ,साना गाडी ,ई रिक्सा र मोटरसाइकल मनलाग्दो पार्किङ गरिँदा स्थानीय व्यापारीसमेत मारमा पर्ने गरेका छन् ।

अधिकांश सवारी राजमार्गको दक्षिण साइडमा पार्किङ गर्ने गरेका कारण आफूहरुको व्यापार व्यवसायसमेत चौपट हुन थालेको स्थानीय चपुर इलेक्ट्रोनिक्सका संचालक प्रलाद गौतमले बताए । पसल भएको साइडमा साना ठूला सवार ी,मोटरसाइकल र ई रिक्सा पार्किङ गरेर राखिएका कारण आफूहरुको पसलमा ग्राहक आउनसमेत समस्या भएको गौतमले जनाए । जुडिबेला टेम्पु पार्किङको अव्यवस्थित पार्किङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले वास्ता नगरेको अर्का स्थानीय व्यापारी राजेन्द्र तिवारीले बताए । यता रौतहटको गरुडामा पनि ट्राफिक व्यवस्थापन कमजोर बन्दै गएको छ । चन्द्रनिगाहपुर गौर सडकखण्डमा गरुडाको मुख्य राजर्मागमै जथाभावी पार्किङले सवारी दुर्घटनाको खतरा बढदै जानथालेको गरुडाका स्थानीय व्यापारी रामसिंह पटेलले बताएका छन् । गरुडाको बजार एरियादेखि चिनी मिलसम्म सवारी धनी तथा चालकहरुले जथाभावी रुपमा पार्किङ गरे पनि ट्राफिक प्रहरीले कुनै वास्ता नगरेको गरुडाका समाजसेवी विपिन जैसवालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News