२०७९ माघ ११, बुधबार ०८:२४

सर्लाहीको भक्तिपुरमा मंगलबार अतिविपन्न सय घरधुरीलाई फाइबर सिरक प्रदान गरिएको छ ।

चिसोबाट प्रभावित इश्वरपुर नगरपालिका–२ भक्तिपुरका अतिविपन्न सय परिवारलाई इलाका प्रहरी कार्यालय भक्तिपुरमा जम्मा गरी फाइबर सिरक प्रदान गरिएको छ । संघ तथा प्रदेश सरकारबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त फाइबर सिरक चिसोबाट प्रभावित भइरहेका माझी, मुसहर, डोम, चमारसहित अन्य दलित र अतिविपन्न परिवारलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, उपमेयर रन्जितादेवि चौधरी, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतका अन्य सुरक्षा अधिकारीहरु, वडाध्यक्ष सुरेन्द्रकुमार कार्की भएर विपन्न परिवारलाई सिरक प्रदान गरेको छ ।

 

Comment


Related News

Latest News

Trending News