अपडेट 
२०७९ माघ १३, शुक्रबार ०७:४५

नेपाली राजनीतिले सही बाटो लिन नसकेको आम गुनासो छ।नेपाली राजनीतिमा रुपान्तरणको खाँचो महसुस गरिएको छ। नेपाली राजनीतिमा रुपान्तरणको बहस लामो समयदेखि चल्दै आएको छ्।नेपाली राजनीतिमा पुस्तान्तरण नभई रुपान्तरण कुनै हालतमा सम्भव दिखिदैन् । पुस्तान्तरणको बहसबाट युवा नेताहरु उत्साहीत छन् भने बुढोपाको नेताहरु निरुत्साहीत छन्। पुस्तान्तलरणले युवाहरु आफुहरु स्थापित हुने देखेका छन् भने बुढोपाको नेताहरु बिस्थापित हुने देखेका छन्। नेपाली राजनीतिमा पुस्तान्तरणपछिको रुपान्तरणको बहस यहीँ आएर अडकिएको छ । यस पटकको निर्वाचनमा जनताले ठुला दलहरुप्रति आफ्नो असन्तुष्टिक ब्यक्त गरे। नयाँ दलप्रति आस देखाए। दलहरुलाई जनताले उनीहरुको वास्तविक धरातल देखाई दिएर सुध्रिन जबरजस्त सन्देश दिए। तर दलहरु अझै पनि सुध्रिन तयार भएको देखिदैन।सत्ताको लागि जे पनि गर्न तयार हुने दलहरु, आफ्ना पुरानो प्रवृति त्याग्नु खोजका छैनन्। सत्तामा जान वा टिकि रहन विगतमा दलहरुले जे जस्तो हतकण्डाप अपनाए फेरि सत्तामा जान त्यही हतकण्डाो अपनाउने संकेत गरेका छन् । केहिदिन अगाडी मुलुकको सत्तामा अप्रत्याशित उलटफेर भयो।सत्तामा भएको यही उलटफेरका कारणसत्तामा रहने अनुमान गरिएको काँग्रेस प्रतिपक्षमा पुग्यो भने प्रतिपक्षमा रहने अनुमान गरिएको एमाले सत्तामा पुग्योन।बहुमत नजिक रहेको वाम–लोकतान्त्रिक गठबन्धन भत्कियो भने एमाले सहितको वाम –उदीयमान शक्तिको नयाँ गठबन्धन बन्यो ।

यो आमनिर्वाचनबाट निकै मतान्तरसहित तेस्रो पार्टीको हैसियत पाएको हो माओवादीले। तेस्रो पार्टी भएपनि त्रिशंकु संसद रहेका कारण दाहालले प्रधानमन्त्री खोजे।नपाएपछि पुरानो गठबन्धन छोडे ।नयाँ गठबन्धनमा गएर प्रधानमन्त्री बने।विगतमा एमालेलाई सत्ताबाट प्रतिपक्षमा र काँग्रेसलाई प्रतिपक्षबाट सत्तामा पुर्यायउने पनि दाहालनै हुन्। सत्ता स्वार्थकै कारण नेपालको सत्ता उलटफरे हुँदै आएको छ । ०६२÷६३ को उपलब्धिपश्चाात राजनीतिक दल र नेतृत्व आर्थिक प्रगतिमा केन्द्रित हुने आसमा नेपाली नागरिक थिए। नेपाली नागरिकको नयाँ नेपालको सपना पुरा हुने विश्वातस नेपाली नागरिकले गरेका थिए। तर राजनीतिक दल र नेतृत्वकको चाल र चरित्र सुध्रिएको छैन्। नेपाली राजनीतिमा फेरि सत्ताका विकृत खेलहरु सुरु भयो जुन खेलको क्रम अहिले पनि जारी नै छ । ०४७ देखिको डेढ दशकसम्म राजनीतिक दलहरुले सरकार र संसद दुवैलाई अस्थिर बनाए र बनाउन खोजे । ०६२/६३ पछि पनि दलहरुले त्यसलाई निरन्तरता दिएका छन्। अहिलेको निर्वाचनबाट आमनागरिकले परिवर्तन खोजे। नेतृत्वमा नयाँ अनुहार खोजे।जनताले नयाँ सोच, पारदर्शिता, गतिशिलता, सुशासन र सुसंस्कृत राजनीतिक संस्कार खोजेका छन्।हरेक निर्वाचनपछि जनताले सकारात्मक परिवर्तन खोजेका हुन्छन्। जनतालाई परिवर्तनको अभास गराउन सक्नु दलहरुको दायित्व पनि हो । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वा सको मत लिए। प्रतिपक्षमा बसेको काँग्रेको समेत मत पाउन सफल प्रचण्डले संसदमा प्रचण्डे बहुमत प्राप्तव गरे।नेमकिपा र जनमोर्चा बाहेक कोही प्रतिपक्षमा बस्न तयार भएन सबैलाई सत्ता नै चाहिएको रहेछ।काँग्रेस आफुलाई प्रतिपक्षको लेप लगाएपनि सत्ताको सम्भावित खेल खेल्न सत्तापक्ष बने। सत्ताकोआ–आफ्नै दाउमा रहेका कारण काँग्रेस गठबन्धन व्यवस्थापनमा चुके। गठबन्धन भत्कियो। गठबन्धन जोगाउन असफल भए काँग्रेस सभापति देउवा। प्रधानमन्त्री हुन ठिक परेका देउवा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा पुगे। तर प्रमुख प्रतिपक्षी दलको भूमिका देउवालाई स्वीकार्य थिएन र छैन् ।

आफ्नै गल्तिका कारण सत्ता शक्तिको अभ्यासको अवसर गुमाएका देउवा केही समय चुप लागेर बसेका थिए ।तर सत्ता शक्तिको अभ्याामा फर्किने लालच त्यागन सकेका छैनन् ।प्रधानमन्त्री दाहालले विश्वा सको मत लिने समयमा देउवाले एकाएक बढाएको सक्रियता र काँग्रेस प्रतिपक्षमा बस्छ भनेर खुलेर भन्नए नसक्दा देउवाले सत्तामा पुनरागमन खोजेका प्रष्ट देखियो।राष्ट्रि य सहमतिको सरकारको कुरा उठाएर रामचन्द्रले काँग्रेसको सत्ता लालचालाई थप उचाइ दिएका छन्। काँग्रेसका बुढोपाको नेताहरु अलमलमारहेका छन्।सत्ताको लालच पनि उनीहरुमै रहेको छ। काँग्रेसका बुढोपाको नेताहरुले सत्ता लालसा त्याग्न नसकेकै कारण पछिल्लो केही समयदेखि काँग्रेस अलमलमा रहेको छ र आगामि दिनमा वर्तमान संसद पनि अलमलिने सम्भवना देखिन्छ। प्रधानमन्त्रीलाई विश्वालसको मत दिएर सत्ता समिकरणमा जाने भर्यासङ बनाउन खोजेका छन्, काँग्रेसका बुढोपाको नेताहरुले । काँग्रेसको अलमलको निर्णयले देउवामा रहेको सत्ता लालसा वाहेक केही उजागर गर्न सकेको छैन। प्रधानमन्त्री दाहाललाई विश्वाउसको मतको प्रस्तावमाथि बोल्दै एमाले अध्यरक्ष ओलीले काँग्रेसले दिन खोजेको विश्वामसको मतमा गम्भिर आशंका ब्यक्त गरेका थिए। उहाले यस समर्थनभित्र सदाशयताभन्दा बढी सत्ता लालसा रहेको आशंका गर्दै भने जाल हो भने भन्नर चाहन्छु माछा नभएको नदीमा जाल फ्याँकेको छ, उनले भने यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रितै हुने छ। त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन्। प्रधानमन्त्रीलाई विश्वाासको मत दिने र प्रमुख प्रतिपक्षी दलको नेताको सुबिधा पनि लिने काँग्रेसको निर्णयलाई एमाले अध्यक्ष ओलीले काँग्रेस सभापति देउवाले “डेमोक्रेसी को नयाँ भाष्यो बनाएको टिप्पकणी गरे। दाहालले काँग्रेसको विश्वाकसको मत लिन खोजेका भएपनि ओलीले काँग्रेसको विश्वाोसको मतमा अविश्वालस देखे।“काँग्रेले कार्पेटमा नपोखेर चिया कपमै दिएको छ, काँग्रेसले प्रचण्ड लाई दुई वर्षपछि त विश्वाशसको मत दिन्छु भनेकै थियो, अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र आदि ओलीको भनाईले भविष्यमा हुने सत्ताको खेलको संकेत गरेको छ।काँग्रेसले विश्वासको मत दिनुका पछाडि सत्तामा आउन घुमाउरो बाटो रोजेको तथ्यललाई पुष्टी गरेको छ।संसदमा दाहाल र ओलीबीच चलेको जुहारीले पनि विभिन्न आशंकाहरु जन्माएको छ। काँग्रेसले दाहाललाई विश्वाोसको मत दिएर एमालेलाई तर्साउन खोजे र एमाले तर्सियो पनि ।

ओली र दाहालबीच शक्ति बाँडफाँडमा खटपट गराउन र त्यही खटपटमा टेकेर सत्तामा पुनरागमन खोज्न देउवाले चतुर चाल चले। चतुर चाल चल्नु आफ्नो सफलता मानेका देउवा पाँच दलीय गठबन्धनबाटै दाहाललाई प्रधानमन्त्री स्विकारेका भए , सत्ता समिकरणमा देउवानै हाबि हुने थिए भन्ने कुरा बिर्सिनु हुँदैन् । जसरी सत्तामा भएकै वेला ओलीले बुद्धि पुर्यााउन नसक्दा सत्ताबाट बाहिरिन बाध्य भएका थिए र अहिले सत्ता समिकरणमा आगमन गर्न दाहाललाई काँध थाप्नु परेको छ। त्यसरी नै देउवाले पनि बेलामा बुद्धि पुर्यासउन सकेका भए प्रतिपक्षको भुमिका प्राप्त गर्ने थिएन, न त सत्ताको लागि अहिले ¥याल चुहाउनु पर्ने थियो।देउवाले नचाहेका ब्यक्ति कोही राज्य शक्तिको प्रयोग गर्ने पदमा पुग्न सक्ने अवस्थै हुने थिएन । सत्ता स्वार्थकै कारण काँग्रेसलाई आफ्नो भक्तहरुको मण्डली बनाएका देउवाले ,सत्ता स्वार्थकै कारण संसदमा काँग्रेसको बेइज्जत सम्म गराए। देउवाले यति सम्मको अक्षमता देखाउदा पनि देउवालाई सक्षम देख्नेल उनका भक्तहरुको आँखाभन्दा नियत दोषि छन्। पहिलो कार्यकालमा काँग्रेसलाई नीतिगत स्पष्टता दिन नसकेका उनै देउवालाई दोस्रो कार्यकालको लागि सभापतिको जिम्मेवारी दिनु नै काँग्रेसीहरुले गरेको ठुलो गल्ति थियो। तर विभिन्न पदको लोभमा काँग्रेसीहरुले देउवालाई सभापतिमा पुनः निर्वाचित गरेर उनमा सत्ता स्वार्थलाई झन हाबि गराई दियो र काँग्रेसलाई अन्योलको बाटो देखाई दियो। आज देउवाबाट आश्वा सन पाएका तिनै काँग्रेसीहरु देउवालाई सत्ताको विकृत खेलको खेलाडी बनाएका छन् र देउवा आफ्ना सारा जिवनमा कमाएको सकारात्मक पक्षलाई नकारात्मकमा परिणत गर्न तयार भएका छन् । कुनैपनि नेता वा नेतृत्वले समयमै सहज रुपमा आफ्नो जिम्मेवारी उपयुक्त एवं असल ब्यक्तिलाई हस्तान्तरण गर्न सक्नु उसको ठुलो सफलता हो । यो सफलता प्राप्त गर्नेहरु सँधै असल पात्रका रुपमा चिनिन्छन्।पुर्ण असफल नभएसम्म नेतृत्वमा टाँसिएर रहन खोज्नेहरुको पनि एक न एक दिन बहिरगमन हुन्छ , तर त्यस्तो बहिरगमन सुखद हुँदैन। त्यस्ता पात्रलाई सदैव लोभि र लालच लिप्त ब्यक्तिको रुपमा चिनिन्छ ।

काँग्रेसको १४ औँ महाधिवेशनमा पुस्तान्तरणको मुद्दा जबरदस्तरुपमा उठेको थियो तर प्रमुख नेतृत्वमा पुस्तान्तरण हुन सकेन। पछिल्लो समयमा संसदीय दलको नेताको चयनमा पुस्तान्तरण हुन सक्थ्यो तर भएन। देउवाले काँग्रेसको नेतृत्व गर्न असफल रहेको ०७४ को निर्वाचनमा काँग्रेसले ल्याएको नतिजाले पुष्टि गरि सकेको थियो । तर त्यसलाई ढाकछोप गर्न वाम गठबन्धनको सहारा लिईयो । ०७९ को निर्वाचनमा वाम शक्ति विभाजित हँदा पनि सत्ता स्वार्थकै कारण एक्लै निर्वाचनमा जाने हिम्मत समेत काँग्रेसले गर्न सकेन। गठबन्धनको बलमा आफ्नो सिट संख्या बढाए पनि काँग्रेसले सफलता हात पार्न सकेको मानिदैन्।ठुलो दल बने पनि काँग्रेसले आफ्नै नेतृत्वको गठबन्धन जोगाउन सकेन ,न त नेपाली राजनीतिको केन्द्रमा आफुलाई उभ्याउन सकेको छ।यी सबै देउवा र काँग्रेसको असफलता वाहेक केही होइन्। काँग्रेसलाई देउवाले सत्ता स्वार्थमै डुबाएका कारण काँग्रेसले कुनै किनारा भेटाउन सकेको छैन्। काँग्रेसलाई किनारा दिन पुस्तान्तरणपछिको रुपान्तरण अत्यावश्यणक छ । संसदमा बोल्दै काँग्रेस सभापति देउवाले संसदमा प्रतिपक्षको भुमिकाको लामो सैद्दान्तिक ब्यख्या गरे तर प्रधानमन्त्रीलाई विश्वाससको मत दिएर प्रतिपक्षमा बस्ने बताएर आफ्नो र काँग्रेसको अन्योलतालाई दर्साए।देउवाले प्रतिपक्ष बिहीन संसदले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने तथ्यलाई नजरअन्दाज गरेर सत्ता लालसा देखाएका छन्।बलियो प्रतिपक्षी नभए सरकार निरंकुश बन्छ ।चित्रबहादुर केसीको सत्य वचनको समेत ख्यााल गरेन काँग्रेसले । आफुलाई परिवर्तनका संवाहक र अग्रगामि भन्ने राजनीतिक दलहरुले संविधानको प्वालको उपयोग गर्न तिर लाग्नु हुँदैनन्।संविधानका भावना, आदर्श , मुल्य र मान्यता को कदर गरेर सत्ताको खेल खेल्नु पर्छ।सबै थोक सत्ता र सत्ताको खेल मात्र होइन। जनादेश स्विकर गर्नु र सोही अनुसार देश र जनताको पक्षमा भुमिका निर्वाह गर्नु राजनीतिक दलहरुको दायित्वर एवं कर्तब्य हो । संसद प्रतिपक्षको हुन्छ। लोकतन्त्रमा सशक्त र रचनात्मक प्रतिपक्षको भुमिका हुन्छ भनेर राजनीतिक दलहरुले बुझ्न जरुरी छ। अहिले काँग्रेसले बुझ्न जरुरी छ।

०७४ को संसदमा काँग्रेसले प्रमुख प्रतिपक्षको भूमिकामा कमजोर देखिदा काँग्रेसमाथि अनेकौं प्रश्नभ उठेको थियो। निकै आलोचना भएको थियो। यसबाट पनि काँग्रेसले प्रतिपक्षको भुमिकाको महत्व बुझेर अबको दिनमा सत्ता स्वार्थमा लाग्नु भन्दा प्रमुख प्रतिपक्षको भुमिका सशक्त र रचनात्मक बानाउन लाग्नु पर्छ। काँग्रेस संसदको ठुलो दल भएपनि जनादेश खण्डीषत भएको स्विकार्न सक्नुपर्छ । राजनीतिक दल सत्तामा पुगेपछि व्यवस्थापिका, न्यायपालिका, कर्मचारितन्त्र , सुरक्षासंयन्त्र र राज्यकोषसमेतमा आफ्नो पहुँच बढाएर वर्चश्वा कायम गर्न खोज्छ।सत्ता र शक्तिको उन्मादमा मात्तिन सक्छ।त्यसबेला सत्तापक्षलाई नियन्त्रण गर्न संसदमा शक्ति चाहिन्छ। संसदको त्यो शक्ति प्रतिपक्ष हो। प्रतिपक्षको भुमिकामा हुनु पर्ने काँग्रेस सत्ता लिप्साचमा डुबेका कारण कर्तव्य विमुख हुन पुगेको छ ।

Comment


Related News

Latest News

Trending News