अपडेट 
२०७९ माघ १४, शनिबार ०७:१३

एक शिक्षिकाको मृत्यु भएपछि धनुषाको जनकनन्दिनी गाउँपालिकाले एक दिने शोक विदाको घोषणा गरेको छ ।

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले शुक्रबार एक सूचना जारी गर्दै मावि खजुरी चन्हामा कार्यरत रहँदै आएकी शिक्षिका गुञ्जना शहगलको मृत्यु हुँदा एक दिन शोक विदा दिने निर्णय गरेको छ । मावि खजुरीमा कार्यरत रहँदै आएकी शहगलको मृत्यु भएको भन्दै गाउँपालिकाले आइतबार माघ १५ गते गाउँपालिकाभित्रको सबै सरकारी कार्यालय, स्कुल, कलेज, स्वास्थ्यचौकीहरुसमेतमा विदाको निर्णय गरिएको छ ।

Comment


Related News

Latest News

Trending News