अपडेट 
२०७९ माघ १४, शनिबार ०९:०६

जनकपुरधाममा टिभिएस ग्रेण्ड एक्सचेञ्च सुरु भएको छ । शुक्रबारदेखि जनकपुरधामस्थित बाह्रविग्हा मैदानमा टिभिएसले विभिन्न आकर्षक अफरहरुका साथ टिभिएस ग्रेण्ड एक्सचेञ्च सुरु गरेको छ ।

जनकपुरधामका लागि आर्यन अटोमोबिल्सले उक्त एक्सचेञ्ज अफर माघ १२ गत्ते देखि माघ १९ गत्तेसम्म चल्ने बताएको छ । टिभिएस ग्रेण्ड एक्सचेञ्च अन्तर्गत कुनै पनि कम्पनी र जुनसुकै कन्डिसनको मोटरसाईल एक्सेञ्च गर्न मिल्ने र बजार दर भन्दा रु सात हजार बढी भ्यालुएसन पाउने जनाईएको छ । साथै नयाँ मोटरसाईकल खरिद गर्दा रु आठ हजारसम्मको छुटको व्यवस्था गरिएको छ भने हेल्मेट, ब्याग र बाईक कभर सित्तैमा पाउने आर्यण अटोमोबिल्सका म्यानेजर सुरेस मण्डलले जानकारी दिए । त्यस्तै, २५ प्रतिसत डाउन पेमेन्ट गरेर ईएमआईमा पनि कुनै पनि मोडलको मोटरसाईकल खरिद गर्न सकिने जनाईएको छ ।

शुक्रबारबाट सुरु भएको टिभिएस ग्रेण्ड एक्सचेञ्चको उद्यघाटन जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले गर्नुभएको थियो । विगत एक दशक भन्दा बढी समयदेखि टिभिएस धनुषा लगायत मधेस प्रदेशभरि मोटरसाईकलको नम्बर वन विक्रेताको रुपमा सेवा सुविधा दिँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News