अपडेट 
२०७९ माघ १४, शनिबार १५:०७

धेरैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् । सर्भरमा आएको समस्याका कारण धेरैजसो सरकारी साइट चलेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन् । अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको साइट नचल्दा उडान ठप्प भएका हुन् ।

अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धी काम ठप्प भएका छन् । सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको हुन सक्ने शंका गरिएको छ ।

Comment


Related News

Latest News

Trending News