पूर्ण समानुपातिक प्रणालीमा विद्यार्थी युनियनको निर्वाचन गराउन माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
शनिबार प्रधानमन्त्री पुष्प कमल दाहाललाई जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले सो पत्र बुझाएका छन् । आगामी चैत ५ गते हुन लागेको विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसमा हुन लागेको छ । सोही निर्वाचन लक्षित समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष रमेश यादवले सो ध्यानाकर्षणपत्र बुझाएका छन् । युनियनले समयमै निर्वाचन गराउन पनि ध्यानाकर्षण गराएका छन् । दश वर्षदेखि त्रिविमा विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन् । विभिन्न पार्टी निकट विद्यार्थीको भातृ संगठनहरु निर्वाचनको धमाधम तयारी गरिरहेका छन् ।