![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/01/e553f3f_07b9d6d84f5f4329bb60675202eab1a5-0-705907b4a24a4777bc67b2181fd39aae.jpg)
पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको ज्यान गएको छ । दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा बस पुलबाट खसेर आगलागी भएको जनाइएको छ ।
बस पुलको पिलरमा ठोक्किएर तलतिर खसेको सुरक्षा अधिकारीले जनाएका छन् । दुर्घटनाग्रस्त बसमा ४८ जना यात्रु सवार रहेको र तीन जनालाई भने घटनास्थलबाट जीवितै उद्धार गरिएको छ ।
राजमार्गमा कमजोर सुरक्षा र चालकको लापरवाहीका कारण पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । पाकिस्तानमा यात्रुवाहक बसमा क्षमताभन्दा धेरै यात्रु चढाउने र सिट बेल्टको प्रयोग अत्यन्त कम हुने भएकाले सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या धेरै हुने गरेको बताइन्छ ।