अपडेट 
२०७९ माघ १७, मंगलवार ०८:०२

२०१८ सालको बमकाण्डको बखत म आर.आर.कालेजको छात्र थिए । त्यस बखत जनकपुरको अञ्चलाधीशले मलाई विद्यार्थीहरुको समूहमा हवाइ अड्डामा राजा महेन्द्र बिर विक्रम शाहदेवको स्वागत गर्न राखिएको थियो । राजा जनकपुरको हवाइ अड्डामा ओर्लनु भन्दा एक घण्टा अघि नै हामीहरुलाई हवाइ अड्डाभित्र लगिएको थियो । राजा महेन्द्र हवाइ अड्डामा ओर्लेपछि विमानको द्वारमा केही विशिष्ट व्यक्तिहरु राजालाई स्वागत अभिवादन गरेपछि हामी छात्रहरु लाममा बसेतिर अञ्चलाधीशले संकेत गरेपछि राजा अगाडी– अगाडी र उनका अंगरक्षक पछि–पछि हामी बसेको लाइनमा आउनुभयो । अञ्चलाधीशले यिनीहरु विद्यार्थीहरु हुन भनी राजालाई परिचय गराएपछि हामीहरु उभिएको लाइनमा आउनुभयो र अरु साथीहरु साथै म पनि मेरो हाथमा रहेको पूmलहरु राजाको हाथमा अर्पण गरे । राजा अगाडी–अगाडी जो बन्दुकधारी गार्ड अगाडी बढी रहेको थियो । हामी राजाको स्वागतार्थ उभिएकाहरु माथि गहन दृष्टिले हेर्दै अगाडी बढी रहेको थियो । हाम्रो फुल अर्पण गरेपछी राजा प्रस्थान गर्नुभयो नगरतिर । हामी पनि त्यहाँबाट हिडे । हामीलाई बाटोमा केही समय लाग्यो र जानकी चौकमा पुग्दा त्यहाँ भारी भीड देखेपछि मैले अनुमान गरे कि राजा जानकी मन्दिरभित्र दर्शनको लागि पस्तु भएको छ र म जानकी मन्दिरको प्राङगणमा नै उभि रहे । त्यहाँ एउटा कुरा के देखे भने केही मानिसहरुको कानबाट रगत वगी रहेको थिया े । तर म त्यहाँ शान्ति सुरक्षाको लागि एकजना स्थानीय पुलिस इन्स्पेक्टरलाई देखेपछि मेरो अनुमान बलिो भयो । तर त्यहाँ भएको केही बेर अ गा ड ी ब मकाण्ड बारे त्यस बखत थाहा भएको थिएन । तर केही बेरमै मेरो अनुमानको विपरित राजा महेन्द्रको काफिला वारहविग्घाको संक्षिप्त कार्यक्रम पछि फर्केको देखेर त्यहाँ केही घटना भएको रहेछ भन्ने मलाई भान भयो । राजाको काफिला परकौली व्यारेकतिर गयो । साँझतिर साथीहरुबाट यो थाहा भयो कि जानकी मन्दिर अगाडी राजा बसेको गाडीमा बम फालिएको थियो र जनकपुरको केही भागहरुमा पनि बमहरु फेला परेको भन्ने थाहा भयो । राती विभिन्न देशहरुको रेडियोहरुबाट जनपकुरको बमकाण्डको समाचार प्रसारित भएको थियो । भोलीपल्ट विहानै साथीहरुबाट यो थाहा भयो कि राती एक बजेतिर रजौल स्थित घरबाट मेरो एकजना क्लासमेट गंगाराम यादवलाई घरको पर्खाल नाघेर पुलिस पसेर समातेर लगेको छ र उसलाई एस.पी.कार्यालयमा थुनेर राखेको छ । पछि वेलुका यो पनि थाहा भयो जलेश्वरको एउटा आमसभामा डा.तुलसी गिरीले बम फाल्नेलाई फाँसी हुन भनेर घोषणा गर्नु भएको थियो राजा माथि बम फाल्नेलाई समात्न सकिएको थिएन । बमकाण्डको भोलीपल्ट राजा महेन्द्र वीर विक्रम शाहदेवको जनकपुरको आर.आर.क्याम्पसमा दिनको एगारह बजे एउटा कार्यक्रम रहेको थियो र हामीहरु दिउसो नौ बजे क्याम्पसमा पुगेको थिएँ । तर दश बजे थाहा भयो कि राजाको क्याम्पसको कार्यक्रम रद्द भएको छ र दश बजे नै काठमाण्डू जाने कार्यक्रम रहेको । त्यसपछि हामीहरु राजाको दर्शनको लागि दश बजेतिर अहिलेको संजीवनी अस्पताल रहेको ठाउँमा त्यस बखत रहेको ठूलो अग्लो धूर (आली) मा गएर उभि रहे । केही बेर पश्चात एउटा जीपको पछाडी एस.पी. मान वहादुर जीपको पछाडी उभिएर हाथमा बन्दुक लिइ जीपको माथीबाट तान्दै आइ रहेको देखियो । हामीहरुलाई देखेपछि एस.पी. मान वहादुरले “हूँ हूँ“ गर्दै आएर हामी आलीबाट तल खेतमा झरे । त्यसको केही बेर पश्चात राजा भएको गाडी आए र हवाइ अड्डा तिर गयो । दुर्गानन्द झालाई जब फाँसी भयो त्यसपछि यस फाँसीको कथा विभिन्न व्यक्तिहरुले आफनो आफनो अनुमान अनुसार किंबदन्ती जस्तो कथा भन्न शुरु गरेका थिए । तर मेरो जिज्ञासा यस घटनाको वारेमा सत्यतथ्य जान्न बढदै गइ रहेको थियो । समातेको एक हप्ता पछि मेरो साथी गंगाराम जीलाई एस.पी.कार्यालयबाट रिहा गरियो बाहिर आउँदा उनको दुवै गाला नीकै फुलेको बाट थाहा भयो कि साथी गंगारामजीलाई किर्ति भारी यातना दियो होला । मेरो यस जिज्ञासाको पूर्ति २०६४ सालमा भयो नबम शहीद अरविन्द्र कुमार ठाकुरको जनकपुर–४ स्थित उनको निवासमा लगभग एक हप्तासम्म प्रतिदिन पुगेर आफनो जिज्ञासा शान्त गरे ।

बमकाण्डको योजना करी बन्यो

राजा महेन्द्रद्वारा एकतन्त्रीय हुकुमी शासन स्थापित भएपछि भारतमा भूमिगत रहेका युवाहरुलाई यो भयो कि अबको समय यस्तो आएको छ कि देशले मांग्ीइ रहेको छ “तू मुझे खून दो मै तुझे आजादी दूंगा” । त्यस बखत भूमिगत नेताहरुको बैठक जयनगर त्यसपछि भारतकै उमगाँवमा भयो । यसमा अरविन्द्र कुमार ठाकुरले जनकपुरमा राजा महेन्द्र आउँदा हवाइ अड्डामा बम फाल्ने अरविन्द्र कुमार ठाकुरले र त्यहाँ भएन भने जानकी मन्दिर तिर बम फाल्ने जिम्मा दुर्गानन्द झाले लिनुभएको थियो । तर बम हान्न जाँदा अरविन्द्रजीलाई जनकपुर हवाइ अड्डामा नै समातियो र दुर्गानन्द झाले जनकपुर जानकी चौकमा बम हान्न सफल भएका थिए ।

यातनाको क्रम प्रारम्भ

अरविन्द कुमार ठाकुरलाई समातेर अनेक त्रूmर एवं अमानवीय यातना दिदै कसले बम दिएर पठाएको भनेर सोध्दा अरविन्दजीले कसैको नाम न भनी एकजना अपरिचितले यो बम थम्हाएको र पेशाव फिर्न भनेर गएको भन्नु भै अमानवीय यातनाहरुको शिकार भै रहनुभयो । एस.पी. को थुनुवा कोठामा चार पाँच दिन राखेपछि अरविन्दजीलाई जलेश्वर कारागारमा पुगाइयो । त्यहाँको अवस्था अत्यन्त दयनीय, क्षमता भन्दा कैयौं गुना अघिक कैदीहरु त्यस कारागारमा थिए । त्यहाँ पनि उहाँलाई अनेक व्यक्तिहरु छहम रुपमा सोध्न आएको थियो कि बम कसले पठाएको थियो । मलाई गुप्तचरहरुको साथै एउटा छुट्टै कोठामा राखेको थियो । जलेश्वर कारागारमा खुला नालामा कैदीहरुलाइृ दिशा पिशाव गर्न ल्गाउने र त्यही टासिएको भान्साघर रहेकोले अत्यन्त घृणित वातावरण थियो । जलेश्वर कारागारमा चार पाँच दिनसम्म बिताएपछि जनकपुर ल्याइ हवाइजहाजबाट काठमाडौं पु¥याइयो जहाँ उहाँहरुलाई न कुनै लगाउने लुगा न ओड्ने ओछयाउने ल्याउन दिइएको थियो । काठमाडौंमा उनीहरुलाई हनुमान ढोका खोरमा पुगाइएको थियो । त्यहाँ विना ओछयाउनको काठको खाटमा सुत्न दिइयो । त्यहाँ हवलदार जबर बहादुर भन्नेले एकमुठी च्यूरा, काउलीको दुई टुक्रा तरकारी र एक कप चिया दिइयो, यो थियो दिउसोको भोजन उहाँहरुलाई तीन पाव सडेको, गन्हाइ रहेको चामल, र सोह्र पैसा त्यस बखतको राशन थियो । दिन भन्दा राती उनीहरुलाइृ विताउन बढी कठिन थियो किनकी राती बढेपछि जाडो पनि रहन्थ्यो, पानी जम्ने राती । रातभरी अनिद्रामा पस्नुपर्ने हुन्थ्यो । पछि हवलदार जवर वहादुरले एक दुई टुक्रा मुला ल्याएर दिन थालेपछि जलपानको काम भ¥यो त्यस मुलाले । यस्तै चलि रहेको बखत एक दिन दलसिंह थापा र दुखा सहनलिाई पनि ल्याइयो र तीनै जनाले कुरा गर्ने साथीहरु पाएँ । तर कैयौं दिन भात खान नपाएको पीडा थियो । जनकपुरबाट हवाईजहाजमा काठमाडौं ल्याउँदा उनको दुवै हाथमा हथकडी लगाइयो र हनुमान ढोका खोरमा पुगाउँदा त्यहाँ एकहाथको हथकडी फुकालिएको थियो । २०१८ साल चैतमा दुर्गानन्द झालाई पनि हुनमान ढोका ल्याइएको थियो । राती राती नेपाल प्रवेश गरी थाना र भंसार कार्यालयमा आगो लगाउने गरिन्थ्ष्यो यसै क्रममा भडरिया मंसार कार्यादलयमा दुर्गानन्द झा सहित अन्य केही उनका साथीहरुद्वारा अभद्र व्यवहार एवं अपनित गरेपछि र यसमा सुधार न भएपछि युवा क्रान्तिकारी दुर्गानन्द झाले अभैm नेपाल प्रवेश गरी समातिनु भएको थियो । उहाँले यस अपमानबाट स्वाभिमान पूर्वक फाँसीमा चढ्न नै श्रेयस्कर ठान्नु भएको थियो । हनुमान ढोका खोरमा ल्याउँदा उहाँलाई पनि आफ्नो लत्ता कपडा समेत ल्याउन दिएको थिएन । दुर्गानन्द्र झाको हनुमान ढोका खोरमा ल्याएको केही दिन मै उहाँहरुलाइृ केन्द्रीय कारागारमा लगिएको थियो । यिनी चारैजना दुख पीडामा समय काटि रहेका थिए । महिनौसम्म एउटै कपडा लगाएकोले र न नहाएकोले यिनीहरुलाई जिउ भरी छाउ खटेरा भै सकेको थियो यिनीहरु कारागारबाट भाग्छन बुझी यिनीहरुलाई हात बान्हेर राखिन्थ्यो । यस्तो कष्टकर अवस्थाबाट ज्ञाण पाउन उनीहरु कारागारबाट भाग्ने प्रयास पनि गर्न थालेका थिए तर यो कुरा पता लागेपछि हवलदार जवर वहादुरको टोलीलाई यिनीहरुको सुरक्षाबाट हटाइएको थियो । अब हाम्रो दुखको अन्त हुँदैन भनी हिन्दुस्तान भो जेलमा महात्मा गाँधीले गर्नु भएको अनसनको बाटो समात्न सबै चारै जनाले विचार गरे र अनसन प्रारम्भ भयो । प्रहरीहरुद्वारा अनसन फिर्ता गर्न दवाव दिएपछि पनि यिनीहरुले नमानेपछ यिनीहरुलाई कोरा पनि लगाइए । डि.एस.पी. उदार मान्छे भएकोले उसले नाइलाई बुलाएर केश, नङ आदि कटाई दियो अनि चामल स्वीकार गरियो । डि.एस.पी. ले उनीहरुको चिठी पनि आवत जावत गराई दिने बचन दिएका थिए । घाउ, खटेराको औषधी पनि उपलव्ध गराइयो ।

मृत्युदण्ड

२०१९ साल भाद्र २१ गते डि.एस.पी. कार्यालयमा बोलाएर उनीहरुलाइृ मृत्युदण्डको सूचना दिइयो । यो अदालतको निणैय २०१९।५।१९ मा भएको थियो पछि तुलसी मेहरलाई अरविन्द कुमार जीको पिताद्वारा आग्रह भएपछि राजालाइृ अनुरोध भयो र उहाँको मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गरिएको थियो । दुर्गानन्द झालाई २०२० साल माघ १५ गते फाँसी दिइएको थियो । कारागारभित्र नै रुख कमलमा टांगेर दुर्गानन्द झालाई भारी यातना दी उनी वेहोश भएपछि त्यसै रुखमा बान्हेर गोली हानिएको थियो । यो कुरा अरविन्द कुमार ठाकुरजीलाई त्यही जलेका एकजना तलो दर्जाका कर्मचारीले भनेको थियो । यस्तो कुरा सुन्दा १९७८ ई.मा पाकिस्तानमा जुल्फकार अलि भुट्टेलाई फाँसी दिंदा यस्तै भएको समाचारहरुमा आएको थियो । शहिद स्व. अरविन्द कुमार ठाकुर सम्झनुभयो– दुर्गानन्द झा जहिले पनि– “कैद मांगीथी रिहाइ तो नही मांगीथी गीत गाइ रहनु हुन्यो । कारागारमा अनवरत दुख कष्ट यातना एवं भूखद्वारा पछि झुकाउन नसकिने उहाँ अदभ्य साहसको प्रतिमूर्ति हुनुहुन्थ्यो भनेर शहिद ठाकुर दुर्गानन्दलाई सम्झदै भन्नु भएको थियो । आज शहिद दुर्गानन्द झा एवं अरविन्द कुमार ठाकुर यस संसारमा हुनुहुन्न तर देश उनीहरुले गर्नु भएको सर्वोच्च बलिदानको लागि देश सदा ऋृणी रहनेछ ।

Comment


Related News

Latest News

Trending News