अपडेट 
२०७९ माघ १७, मंगलवार १०:३१

पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५९ जना पुगेको छ । घटनामा १ सय ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हिजो दिउँसो पेशावरको एक मस्जिदमा प्रार्थनाको समयमा बम विस्फोट भएको थियो । गएको नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले यो विस्फोट गराएको जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरी उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताउनुभएको छ ।

पछिल्लो घटनासँगै राजधानी इस्लामावादमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

Comment


Related News

Latest News

Trending News