अपडेट 
२०७९ माघ १७, मंगलवार १५:२०

जनकपुरधाम । जनकपुरधामको रंङभुमी मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार ९आज०देखि अण्डर–१६ प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक स्केण्ड्री इगलिश बोर्डडिङ स्कुल र सिदार्थ शिशु सदन माविबीच भइरहेको छ ।

खेलको उद्घाट जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किसोरी साह र वडा नम्बर ९ का वडाध्यक्ष परेमेश्वर साह संयुक्त रुपमा गरेका थिए । खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख साहले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकट संघलाई सुझाब पनि दिए । ‘पहिला खेलसँग लगाब थियो । दैनिक खेल खल्थे,’उनले विगत सम्झिदै भने,‘अव खेलमा लगानी गर्ने ठाउँमा छु । खाका लिएर आउनुस्, सक्दो सहयोग गर्छौं ।’

अन्य वक्ताहरुले खेल मैदानको अभाव बारे गुनासो गरेका थिए । धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए । ‘वर्षौदेखि खेलको समस्या जहाँको त्यँही छ,’उनले भने,‘तर अहिले सम्म सरकारले एउटा भएको मैदानलाई व्यवस्थित बनाउन सकेको छैन् । नेता र जनपतिनिधिहरु चुनावको बेला मात्रै ठुला ठुला भाषण गर्छन् ।’
क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोपतामा १२ वटा विद्यालयको टिम सहभागिता जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News