अपडेट 
२०७९ माघ १९, बिहीबार १४:१७

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफनो शाखा कार्यालयहरुमा कार्यरत प्रशिक्षार्थी कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । संस्थाले माघ १७ र १८ गते लहान स्थित होटल ईस्ट पोईन्टमा २ दिने कर्मचारी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।

तालिममा हाल लघुवित्त कार्यक्रम संचालनमा आएका समस्या, चुनौती, अवसर, कर्जा बिश्लेषण तथा कर्जाले समाजमा पार्ने सकारात्मक तथा नकारात्मक असर, र गुणस्तरीय केन्द्र कायम गर्ने तरिकाहरुबारे जानकारी गराउनुका साथै हाल देशमा लघुवित्त कार्यक्रम प्रति बिस्तार हुदै आएको नकारात्मक धारणाको विकास तथा उक्त धारणालाई परिर्वतन गर्नको लागी लघुवित्त कार्यक्रमले समाजमा पारेको सकारात्मक कार्यहरुबारे अवगत गराउदै कर्मचारीहरुको मनोबल उच्च बनाई क्षमता बृद्धिका लागी अन्य बिषयवस्तुहरु उपर सहभागीहरुमा जानकारी गराईएको छ ।

उक्त तालिममा वित्तीय संस्थाको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र वित्त विभागका कर्मचारी राहुल साहले प्रशिक्षकको रुपमा सहभागी रहेको थियो ।

Comment


Related News

Latest News

Trending News