२०७९ माघ २०, शुक्रबार ०८:११

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा सुशासन कायम गर्ने आफनो पहिलो प्राथमिकता हुने बताएका छन् ।

बाराको कलैयामा नगरसभा गृहको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा विधिको शासन कायम गर्ने र बेथीतिलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताए भ्रष्टाचार गर्ने जो कोहीलाई पनि अब प्रदेश सरकारले कडा कारबाही गर्ने समेत बताउँदै उनले प्रदेशका सबै जिल्लाहरुको सदरमुकामलाई पहिलो प्राथमिकतामा राखेर विकासको काम अगाडि बढाईने धारणा व्यक्त गरे । विकास निर्माण प्रक्रियाका लागि गरिने टेण्डर प्रक्रिया गलत रहेको बताउँदै मुख्य मन्त्री यादवले प्रदेश सरकारले विकास निर्माणको काम समय घटाघटको आधारमा निर्माण गर्नेगरी ऐन ल्याउन लागेको जानकारी गराए । ५ करोड ६० लाख ९५ हजार ३ सय ८८ रुपैयाँको लागतमा नगरसभागृह निर्माण हुने उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News