अपडेट 
२०७९ माघ २०, शुक्रबार १८:३८

भारतको सहयोगमा सर्लाहीको बलरा निर्मीत विद्यालय भवन उदघाटन गरिएको छ ।

बलरा गाउँपालिका वार्ड नम्बर४ स्थित रामसखी मोहित सिंह जनता माविको विद्यालय भवन उद्घाटन समारोह बिच भारतीय महाबाणिज्य दुत नितेश कुमारले गर्नुभएको हो ।

भारतको सहयोगमा नवनिर्मित भवनको उदघाटन भारतीय महावाणिज्य दूत कुमार, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह र बलारा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो । शिक्षा क्षेत्रमा भारत सरकारले गर्दै आएको अनुदान सहयोग परियोजना अन्तर्गत उक्त भवन निर्माण भएको हो । भारत सरकार नेपाललाई गर्दै आएको अनुदान सहयोग अन्र्तगत सामुदायिक विकास परियोजनाका रूपमा शिक्षा क्षेत्रमा ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत लगभग रु ४४।३३ मिलियन सहयोग लागतमा उक्त भवन निर्माण गरिएको हो ।

भारतीय स्वतन्त्रताको ७५ वर्ष पुरा भएको अवसरमा मनाइदै आएको“आजादीको अमृत महोत्सव“ कार्यक्रम अन्तर्गत नेपालमा उद्घाटन भइरहेका ७५ परियोजना मध्ये उक्त नवनिर्मित यो भवन पनि एउटा हो । बिद्यालय भवन निर्माणसंगै भवनको प्रत्येक तल्लाका कक्षा कोठाहरुको अत्याधुनिक डेस्कबेन्च लगायतका फर्निचर, विद्युतीय फिटिङ र सरसफाइ सुविधा सहित तीन तले निवनिर्मित भवनलाई उदघाटनसंगै विद्यालयलाई हस्तातरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । सुबिधासम्पन्न विद्यालय भवनले ग्रामीण क्षेत्रमा पढाईको वातावरण सिर्जना हुनुका साथै समुदायीक शिक्षाको विकास क्षेत्रमा ठुलो टेवा पुग्ने आशा लिइएको छ ।

सन २००३ देखि, भारतले नेपालमा ३५२ वटा उच्च प्रभावका सामुदायिक विकास परियोजनाहरु लागु भएका छन । नेपालको सबै ७ बटै प्रदेशको स्वास्थ्य, शिक्षा, खानेपानी, पानी, कनेक्टिभिटि, सरसफाइ लगायत अन्य सार्वजनिक उपयोगिताहरूको निर्माण क्षेत्रमा भारतले सहयोग गर्दै आएको छ । जसमध्ये स्थानिय स्तरमा४७५परियोजनाहरू पूरा भइ हस्तातरण समेत भएका छन ।जसमध्ये सर्लाही जिल्लाका १७ लगायत मधेस प्रदेशमा ७४ एचआईसीडीपी परियोजनाहरु रहेका छन् ।

भारतले नेपाललाई बहुआयामीक र बहुक्षेत्रीय विकास साझेदारी साझा गर्दै आएको छ । जसले दुवै देश बिचको मैत्रीक सम्बन्ध र जनस्तरबिचको निकटतालाई अझप्रगाढ बनाउदै आएको छ । यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारको प्रयासलाई पूरक बनाउन भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।

Comment


Related News

Latest News

Trending News