अपडेट 
२०७९ माघ २१, शनिबार १०:५८

घटना दुर्घटनाको यस मुलुकमा घटित पछिल्ला तीन घटनाले देशलाई तरंगित बनाएको छ । चियो चर्चादेखि सभा सेमिनारसम्ममा यिनै घटनाको चर्चा छ । पक्ष र विपक्षमा विभाजित जनमत दन्त बझान गर्दैछन् । फेसबुक,ट्वीटरलगायतका सामाजिक सञ्जालमात्र होइन,पत्र पत्रिका र रेडियो टेलिभिजनको मुख्य समाचार बन्दैछ । ती घटना हुन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गृहमन्त्री पदबाट अवसादपूर्ण विदाई । राष्ट्रपतिको आसन्न निर्वाचन तथा काली गण्डकीबाट जनकपुर हुँदै रामजन्मभूमि अयोध्या पुगेको देव शिला । धमिरा लागेका पुराना रुख कमजोर हुन्छन् । कुहिएका हुन्छन । यसमा भार वहन क्षमता कम हुन्छ । नयाँ घर निर्माणमा यस्तो काठको प्रयोग गर्नु हुन्न । यो मैले होइन, घर व्यवहार चलाउँन खप्पीस घरमुलीहरुको उपदेश हो । तर पछिल्ला समय राजनीतिका पण्डितहरु सामाजशास्त्रका यी उपदेशलाई राजनीतिशास्त्रको भाष्य बनाउन खोजे जस्तो छ । अनि यिनै भाष्यलाई पन्छ्याउँदै रवीन्द्र मिश्र र रवि लामिछानेहरु राजनीतिक दल खोल्न भ्याएछन् । युवा पुस्ताका यी अभियन्ता (अब नेता) हरुले नारा दिए– जुन व्यवस्था आए पनि मन्त्री,प्रधानमन्त्री तथा सांसद बन्दै आएका पुराना अनुहारलाई बदलौं ।

आफ्नो जिउको ख्याल गर्न नसक्ने पाका नेता देशको ख्याल कसरी राख्न सक्ला ? नो नट अगेन ।। अर्थात् होइन, अब फेरि उही अनुहार होइन । कुरा ठिक्कै पनि हो, पाँच पाँच पटक सात सात पटक एउटै पात्रलाई मन्त्री,प्रधानमन्त्री र सांसद किन बनाउने ? नयाँ अनुहार किन नल्याउँने ? तर मैले बुझ्न नसकेको कुरा के हो भन्ने नो नट अगेनको नारा दिएर राजनीतिमा आएका रवि लामिछानेलाई दोहोराएर गृहमन्त्री नै किन बन्नु प¥यो ? उहाँका लागि नो नट अगेन नारा लागु हँुदैन कि ? नेपालको संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको छ । यो पद कार्यकारी होइन । संसदले पारित गरेर पठाएको विधेयकलाई पहिलो पटक फर्काउने अधिकार भए पनि दोश्रो पटक पठाएको विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता छ तर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक होल्ड गरेर राखेकी छन् । सांसदहरु चु सम्म बोल्न सक्नु भएन । महिनौदेखि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यता लाखौं युवा नागरिकताविहीन बन्नु परेको छ । राष्ट्रपतिजीको यस व्यवहारले राष्ट्रपति पदको गरिमा बढायो कि घटायो ? इतिहासका विषय हुन सक्छ तर राजनीतिक दलहरुमा राष्ट्रपति पदप्रतिको आकर्षण भने बढाएकै छ । फागुन अन्तिम साता हुने भनिएको राष्ट्रपतिको निर्वाचनले अचेल मुलुकलाई तरंगित बनाएको छ । कांग्रेसलाई राष्ट्रपति चाहिएको छ । एमालेलाई राष्ट्रपति चाहिएको छ । माओवादी केन्द्रलाई राष्ट्रपति चाहिएको छ । अचेल राष्ट्रपतिकै लागि मुलुकको राजनीतिक समीकरण फेरिन सक्ने सम्भावना प्रवल बनेको छ । सत्ताका चतुर खेलाडी प्रचण्ड राष्ट्रपति पदका लागि कांग्रेस र एमाले दुबैसंग मोलतोल गर्दैछन् । मुलुकलाई तरंगित बनाउने तेश्रो घटना हो – देव शिला । काली गण्डकी नदीबाट भाया जनकपुर अयोध्या पुगेको देव शिलाले नेपाललाईमात्र होइन,भारतसमेतलाई तरंगित बनाएको छ । धर्मनिरपेक्षताका सच्चा अनुयायी कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि रामजन्मभूमिसम्म देव शिला पु¥याउने मुख्य अभियन्ता हुन् । जसको चर्चा उनले आफ्नो ट्वीटरमा ट्वीट गर्नु भएको छ । गेरुवा रंगको कुर्ता तथा ललाटमा रातो पहेलो चन्दन उनलाई सुहाएको पनि छ ।

जानकी मन्दिरका महन्त रामतपेशवर दास र छोटे महन्त रामरोशन दास गद गद छन् । छोटे महन्तको गायक अवतार फेसबुकमा भाइरल हँुंदै छ – सिया सिया सिया । सियाधियाको माइतबाट राम दरवारमा पाहुर(भार) पठाउने पुरानो परम्परा हो । निर्माणाधीन राममन्दिरमा जनकपुरबाट देव शिला पठाउनु सराहनीय काम हो । यसका अभियन्ताहरुलाई धन्यवाद । तर भारतका केही सन्त महन्तहरुले देव शिलालाई विष्णुको स्वरुप अर्थात् शालीग्रामको संज्ञा दिएका छन् र भन्दै छन् – यसमा छेनीको प्रयोग गर्न दिदैनौं । अर्थात् प्रतिमा बनाउँन दिदैनौं । तर मेरो अर्कै जिज्ञासा छ – काली गण्डकी नदीबाट भाया जनकपुरधाम गएको यस देव शिलामा श्रीरामसंगै जानकीको प्रतिमापनि निर्माण हुन्छ कि हुदैन ? दुबै महन्तजी यस जिज्ञासाको जवाफ दिनु हुन्छ भन्ने आशा छ । जय सियाराम ।

Comment


Related News

Latest News

Trending News