अपडेट 
२०७९ माघ २५, बुधबार ०९:०५

जनकपुरधाम । जनकपुरधाममा जारी अण्डर–१६ क्रिकेट प्रतियोगितामा एरे इन्टरनेशनल स्कुल र गोपाल प्रसाद स्कुल क्रिकेट टीम सेमिफाइनलको लागि आफ्नो सिट सुरक्षित गरेका छन् ।

मंगलबार भएको क्वाटर फाइनल खेलमा जितेसँगै यी दुबै टीमले सेमिफाइनलको यात्रा तय गरेको हो । मंगलबार भएको पहिलो खेलमा एरे स्कुलको टीमले ५५ रनले मदरटेरेसा स्कुललाई पराजित गरेका छन् । टस जितेर एरेको टीम पहिला ब्याटिङ रोजेका थिए । एरेका खेलाडीहरुका १६ ओभरमा सबै विकेट गुमाएर एक सय ३१ रन बनाएका थिए । ऐरेका लागि सोहिल राइनले सात चौका, तीन छक्काको मद्दतले ३८ बलमा ६३ रनको योगदान दिए भने अर्का खेलाडी प्रिन्स रायले १८ रन बनाएका थिए । मदरटेरेसाका लागि बलिङ गर्दै करणले तीन र सोम्या यादवले दुई विकेट लिए । एक सय ३२ रनको लक्ष्य पाएका मदरटेरेसाले जवाफी ब्याटिङमा १३ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्र ७६ रन बनाएका थिए । मदरटेरेसाका लागि अभिषेकले २९ बलमा २९ रन बनाएका थिए । मदरटेरेसाका अन्य ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ऐरेको तर्फबाट बलिङ गर्दै आदित्य चार, सोहिल र गौरभले दुई÷दुई विकेट लिएका थिए । यस खेलको म्यान अफ दि म्याच एरेका सोहिल राइन घोषित भएका थिए ।

यस्तै, दोस्रो खेलमा गोपाल प्रसाद स्कुलले सिद्धार्थ शिशु सदनलाई आठ विकेटले पराजित गरेको छ । टस जितेर सिद्धार्थ पहिला ब्याटिङ गरेका थिए । सिद्धार्थका खेलाडीहरु १२ ओभर २ बलमा अलआउट हुँदै ६४ रन मात्रै बनाउन सकेका थिए । सिद्धार्थ स्कुल टीमको लागि मुकेशले २२ र रविले १२ रन बनाएका थिए । गोपाल प्रसाद टीमको लागि बलिङ गर्दै प्रसान्त झाले चार विकेट, रक्की र विमलेशले दुई÷दुई विकेट लिएका थिए । ६५ रनको लक्ष्य पञ्छियाएका गोपाल टीमले सजिलै लक्ष्य पूरा गरेका थिए । आठ ओभर दुइ बलमै दुई विकेट गुमाएर खेल जितेका थिए । गोपालको लागि सुरजले २६ र किशनले २४ रनको योगदान दिए । सिद्धार्थको लागि बलिङ गरेका रवि र रोसनले एक÷एक विकेट लिएका थिए । यस खेलको म्यान अफ दि म्याच ऐरेका खेलाडी प्रशान्त झा घोषित भएका थिए ।

Comment


Related News

Latest News

Trending News