२०७९ माघ २८, शनिबार १४:५४

राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिएको छ।

शुक्रबार संसद् बैठकलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा सडकमा निस्किएका राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए। सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले निलम्बन गरेको हो।

Comment


Related News

Latest News

Trending News