२०७९ फाल्गुन ४, बिहीबार १०:४१

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका भण्डारीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालले भारत रिफर गरेको छ।

बुद्धनगरस्थित निवासमा गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । लगत्तै आमा छोरालाई कीर्तिपुर अस्पतालमा लगेर आईसीयूमा उपचार थालिएको थियो।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई भारत लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।

नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।

Comment


Related News

Latest News

Trending News