अपडेट 
२०७९ फाल्गुन ४, बिहीबार ११:३५

आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ६ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको छ। महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ। जुन बुधबारको तुलनामा ५ रुपैयाँ घटेको हो। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २९० रुपैयाँमा भएको थियो। महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्य घटेर आउन थालेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो।

आज अन्तर्राष्ट्रीय बजारमा सुन प्रतिऔंस १८४०.७५ डलर र चाँदी प्रति औंस २१.७७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। संघका अध्यक्ष शाक्यका अनुसार केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएपनि बजारमा खासै कारोबार भएको छैन । ‘केही दिनयता सुनको मूल्य निरन्तर घटिरहेपनि १ लाख रुपैयाँभन्दा बढी नै छ।

Comment


Related News

Latest News

Trending News