२०७९ फाल्गुन ५, शुक्रबार ०८:१८
धनुषाको मिथिला नगरपालिका–२ बेलाचापी स्थित सन्त सतलोक आश्रममा जारी बोधदिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
भगत कपिल दासले दिएको जानकारी अनुसार बिहीबार आयोजित रक्तदानमा ४१ जनाले रगत दान गरेका छन् । त्यसैगरी तीन जोडीको सामूहिक विवाह समेत गराइएको बताइएको छ । त्यसैगरी बोधदिवसमा आयोजित भण्डारमा बिहीबार ५० हजार भन्दा बढी भक्तजनहरुले परसाद ग्रहण गरेको आयोजकले जानकारी दिएको छ । दिवसमा सहभागी हुनका लागि नेपालको विभिन्न स्थान तथा भारतको बिहार ,असाम,सिक्किम तथा पश्चिम बंगालसहितका राज्यबाट हजारौंको संख्यामा भक्तजनहरु आएको बताइएको छ । आश्रममा बुधबारदेखि सुरु भएको तीन दिने सन्त रामपालजी महाराजको बोध दिवस बिहीबार सम्म चल्नेछ ।

