अपडेट 
२०७९ फाल्गुन ६, शनिबार ०८:४२

जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । शुक्रबारदेखि आगामी फागुन १४ गते सम्म मेला चल्ने जनाइएको छ ।

विश्व बजारमा आर्थिक मन्दी छाएको बेला व्यापार व्यवसायको गतिविधिलाई बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेश तथा स्वदेशी र स्थानीय स्तरका व्यापारीहरुले आफ्नो उत्पादनहरुलाई बिक्रीका लागि स्टल राखेको छ । अन्तर्राष्ट्रिय स्तरको कम्पनीहरुले सहभागिता जनाएपछि यहाँका व्यापारी र उनीहरु बीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिइएको छ । यहाँका उत्पादनलाई समेत अन्तर्राष्ट्रिय स्तरमा कसरी पठाउन सकिन्छ यो मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ । आयोजकले प्रत्येक स्टलबाट क्षेत्रफलको हिसाबले २५ हजारदेखि ४० हजार रुपैयाँ सम्म शुल्क लिएको जनाइएको छ ।

त्यसै गरी आयोजकले व्यापार मेलाको अवलोकन गर्ने सर्वसधारणबाट २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ । तर, नेपालकै अन्य ठाउँमा हुने यस्ता प्रकारको मेलामा एक सय देखि तीन सय सम्म शुल्क राख्ने गरेका छन् । आयोजकले यस पटक नो प्रोफिट नो लसको सिद्धान्त अनुसार मेलालाई कसरी व्यवस्थित बनाएर राख्न सकिन्छ त्यस तिर केन्द्रित भएको छ । मेलामा १ सय ५० वटा स्टल राखिएको छ । मेलामा करिब २० करोड रुपैयाँ बराबरको व्यापार हुने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताए । मेलामा चार प्राङ्गग्रे सवारी सधानदेखि इलेक्ट्रोनिक सामान, मोटरसाइकल, ट्रयाक्टर, इरि क्सा, इलेक्ट्रोनिक साईकल, मिथिला पेन्टिङ्गका समान तथा घरायसी समानहरु बिक्रीको लागि राखिएको छ । त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरुले पनि मेलामा आफ्नो स्टल राखेको छ ।

Comment


Related News

Latest News

Trending News