२०७९ फाल्गुन ६, शनिबार ०९:३१

राष्ट्रपति विद्या भण्डारीले ३८१ कैदी बन्दीको कैद माफी मिनाहा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३८१ (तीन सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ । माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

Comment


Related News

Latest News

Trending News