स्वतन्त्र विद्यार्थी समूहले जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको एकाइ कमिटी गठन गरेको छ ।
शुक्रबार क्याम्पस परिसरमा आयोजित भेलामा रेणुका झाको अध्यक्षतामा ३१ सदस्यीय एकाइ कमिटीको गठन गरिएको छ । स्वतन्त्र समूहका क्रान्तिकारी विद्यार्थी नेता ईजाज अन्सारीको प्रमुख आतिथ्यमा भेलाको आयोजना गरिएको जनाइएको छ । झालाई सर्वसम्मतिले आगामी चैत्र महिनामा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राराब क्याम्पसको सभापतिको उम्मेदवार समेत बनाइने जनाइएको छ । विद्यार्थीहरुको हकहित, पहिचान, स्वाभिमानको लडाइलाई आत्मसात गर्दै स्वतन्त्र समूहले तटस्थताकासाथ भविष्य निर्माणमा अगाडि बढ्ने नवगठित कमिटीका पदाधिकारीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।