२०७९ फाल्गुन १०, बुधबार १४:३८

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।

सिंहले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृतिको लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

स्रोतकाअनुसार सिंहको राजीनामा आजै स्वीकृत गर्ने तयारी भएको छ । उमेर ढाँटेर जागिर खाएको भन्दै उजुरी परेपछि सिंहले राजीनामा दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए ।

उमेर झुक्याएको भन्दै सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

Comment


Related News

Latest News

Trending News