अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ०८:१०

जनकपुरधाम । जनकपुरधामस्थित अक्षर विद्या मन्दिरले ९औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

चार दिवसीय उत्सवको चौथोँ दिन शुक्रबार प्रसिद्ध मैथिली गायिका मैथिली ठाकुरको विशेष उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । सो क्रममा गायिका ठाकुरले जनकपुरवासीहरुका लागि अन्तर्राष्ट्रिय स्तरको शिक्षा यहाँ नै उपलब्ध गराएको भन्दै विद्यालयको प्रशंसा गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंकज जलानको सक्रियतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ,विद्या मन्दिरका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । यस अघि मन्दिरको वार्षिकोत्सवमा विभिन्न विषयवस्तुमाथि विचार विमर्शलगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News