अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०६:३७

प्रसिद्ध गायिका मैथिली ठाकुरको सांगीतिक प्रदर्शनले जनकपुरधामवासी आनन्दित भएका छन् ।

तीन दिनदेखि जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सवको क्रममा शनिबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा गायिका ठाकुरले आधा दर्जन भन्दा बढी गीत गाएकी थिइन् । पहिलो पटक जनकपुरधाम आएकी गायिका ठाकुरको गीत सुन्नका लागि ठूलो संख्यामा दर्शकहरु उपस्थिति रहेको थियो । राम र सीताकै प्रसंगमै केन्द्रित भइ उनले अधिकांश गीत प्रस्तुत गरेकी थिइन् । जनकपुरधाममा प्रदर्शनका लागि उनी भारतको दिल्लीबाट काठमाण्डु हुँदै शुक्रबार जनकपुरधाम आइपुगेकी थिइन ।

Comment


Related News

Latest News

Trending News