२०७९ फाल्गुन १४, आईतवार ०७:०२

३० बुँदे वीरगञ्ज घोषणा पत्र जारी गर्दै कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलन वीरगञ्जमा सम्पन्न भएको छ ।

फागुन १२ र १३ गते वीरगञ्जमा सम्पन्न कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलनबाट ३० बुँदे घोषणा पत्र जारी गरिएको नेपाल बार एशोसिएशन महिला समितिकी अध्यक्ष आशा राईले जानकारी दिएका छन् । लैङ्गिक न्याय, मानव अधिकार, कानूनको शासन, स्वतन्त्र न्यायपालिकाको आधार भूत मान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनले वीरगञ्ज घोषणापत्र जारी गरेको अध्यक्ष राईले बताए । वीरगञ्ज घोषण पत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको समानता,अविभेद,समावेशिता र समानुपातिकको सिद्धान्त अनुरुप महिला खासगरी आर्थिक,सामाजिक, सांस्कृतिक राजनीतिक, भौगोलिक, जैविक तथा मानसिक वा शारीरिक अन्तरसमूहगतको कारणबाट सीमान्तकृतमा परेका वा पारिएका महिलाको विकास, सशक्तीकरण र राज्यको सम्पूर्ण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि नीति तथा कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।

३० बुँदे वीरगञ्ज घोषणा पत्रमा अदालतमा भएका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीको अन्त्य गर्ने विषयमा सर्वोच्च अदालतलगायतका सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ । राष्ट्रिय महिला आयोगलाई सक्रिय र प्रभावकारी बनाउन नेपाल सरकार तथा संवैधानिक परिषद्को ध्यानाकर्षण गराइएको छ । ‘पेशागत उत्कृष्टता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ वीरगञ्जमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा देशभरका करिब ४ सय भन्दा बढी महिला कानून व्यवसायीको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News