अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०७:५३

मधेश आन्दोलनको क्रममा मधेशका जनताले ठूल–ठूला सपनाहरु देखे । नेताजीहरुले त्यो भन्दा पनि ठूला सपनाहरु बाँडेका थिए । तर, अहिलेसम्म के प्राप्त भयो के भएन समीक्षा गर्ने विषय हो । जनताले कति मत दिए र जितेकाहरुले प्राप्त मतको सदुपयोग गरे वा दुरुपयोग गरे त्यसको पनि समीक्षा हुनु जरुरी छ । चिया पसलमा ठूल–ठूला गफ दिनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ तर, निष्कर्ष भने ज्यूका त्युँ । पटक पटक भएको मधेश आन्दोलनले मधेशवादी दल र गैर मधेशवादी दलमा रहेका मधेशी अनुहारहरुले फाइदा लिएकै हो तर, जब मधेशवादी दलले केही माग्न चाहे वा केही गर्न चाहे त्यतिबेला उनीहरु एक जुट भएर षड्यन्त्र गर्छन् र विफल तुल्याउँछन् ।

मधेश आन्दोलनकै रापतापमा नेपलले पहिलो राष्ट्रपतिमा मधेशी अनुहार त पाए तर, बाँडफाँटमा भने नेपाली कांग्रेसले पाएका थिए । हो यहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बुझसुझका कारण पहिलो उपराष्ट्रपति भने मधेशवादी दलले पाएका थिए र मधेशी अनुहारनै थियो । पहिलो चोटी गृहमन्त्री मधेशी अनुहारले पाए तर त्यो पनि नेपाली कांग्रेसबाट नै । मधेश आन्दोलन मधेशवादी दलहरुले आफ्नो एजेण्डा लिएर गरे पनि मधेशी अनुहार हरुले त्यसलाई तुहाउने प्रयास गरे र त्यसको लाभ उनीहरुले लिए । शनिबार राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुभाषचन्द्र नेम्वाङ्ग र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराए । यस भन्दा पहिला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता शरतसिंह भण्डारीलगायतका टोलीले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका थिए । एमालेका अध्यक्ष ओलीले सदनबाटनै अध्यक्ष ठाकुरलाई चिया खानको लागि अफर दिएर आफ्नै निवासमा राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका थिए तर, अध्यक्ष ठाकुरलाई भने स्वीकार गर्न उनी पनि रुचि देखाएका थिएन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिका लागि पहल गरिरहँदा तपाईहरु मिलेर आउनुस हामी सकारात्मक छौँ भनेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले भनेका थिए । जसपा उपराष्ट्रपतिमा रामसहाय यादवलाई पठाउन चाहेका छन् । तर, मधेशवादी दलहरुबीच न त कुनै छलफल नै भए नत कुनै भेटघाट । यिनीहरु भित्र रहेको भित्री इगोका कारण एकले अर्का संग सम्बाद पनि गर्न चाहेका छैनन् । हुनत नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीबीचमा पनि तिक्तता छन् तर, यिनीहरु राष्ट्रिय सहमतिको नाउमा समय–समयमा सम्वाद र छलफल गर्ने गरेका छन् । जसका कारण आज ८ वटा पार्टीले नेपाली कांग्रेसका पौडेललाई राष्ट्रपतिमा समर्थन दिएका छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नुले पनि यिनीहरुले खोज्ने ठाउँमा आफ्नो भागबण्डा खोज्न सकिरहेका छैनन् । जनताले पनि विस्तारै विश्वास गर्न छाडि सकेका छन् । १०÷११ प्रतिशत भन्दा बढी मत कटाउन सकेका छैनन् ।

विभिन्न समयमा चर्को आन्दोलन गरेका मधेशवादी दलहरुले मधेशी जनताको कि त मनोभाव बुझ्न सकेका छैनन् कि त जनताले गरेको विश्वास गुमाएको छ । त्यसको प्रभाव अहिले केन्द्रमा सहजै देखिएको छ । एक पटकको लागि भए पनि जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्तिलाई यस विषयमा सोच्नुपर्ने देखिन्छ । मधेश आन्दोलनको क्रममा शहीदहरुले देखेका सपना साकार गर्नका लागि जसरी राष्ट्रिय सहमतिको नाममा भागबण्डा मिलाउने गरिएको छ, त्यस्तै मधेश सहमतिको नाममा एक पटक एक जुट भएर आउनै पर्छ । आज यी दलहरुले मात्रै राष्ट्रपतिमा एक जनताको नाम दिएको भए आज मधेशी अनुहार र मधेशी दलहरुबाट एक जना राष्ट्रपति हुने थियो । तर, उम्मेदवारी दिन पनि नसक्नु र समर्थन दिनमा नै यी दलहरु व्यस्त देखिएका कारण यिनीहरुको भविष्य आगामी दिनमा उजागर नै हुने छ । काम गर्दै जाँदा केही हुन्छ तर, त्यसको करेक्सन गर्नुको साटो इगो बनाएर राख्नुले नोक्सान त आफैलाई बेहोर्नुपर्ने छ । विगतमा प्रचण्ड र ओली पार्टी एकीकरण गर्न सक्छन फेरि अलग पार्टी बनाएर सरकार बनाउन सक्छन तर, मधेशवादी दलहरु भने सम्वादका लागि पनि बस्न नसक्ने कस्तो इगो हो यो ? राजनीतिमा उतार चढाव आउँछ ।

सतरन्जका खेलाडीले आफ्ना चालहरु अगाडि पछाडि चाल्ने गरेका हुन्छन् । उनीहरुले आफ्नो यो मार्यो त्यो मार्यो भनेर रोएर बसे के उ कुनै खेल जित्न सक्छ ? यो नै बुझ्नुपर्ने अहिलेको समय छ । मधेशमा सहमतिको आवश्यकता छ । जनताले पनि यी दलहरुको सुझबुझलाई बुझ्नुपर्छ । गैर मधेशवादी दलहरु मधेशवादी दल वा आफ्नै पार्टीका मधेशी अनुहारलाई शंकाको दृष्टिले देखे पनि यिनीहरुको बुझाइ त्यतिबेलासम्म पूरा हुँदैनन् जतिबेलासम्म आफूलाई नोक्सान हुँदैन् । उपेन्द्र, महन्थ, सिकेहरु कम्तीमा एक ठाउँमा आउनुपर्ने देखिन्छ नआए मधेशले राजनीतिक रुपमा ठूलै नोक्सान बेहोर्ने छ ।

Comment


Related News

Latest News

Trending News