अपडेट 
२०७९ फाल्गुन १५, सोमबार १२:३३

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य  प्रतितोला ४०० रुपैयाँ घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, सोमबार  तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

Comment


Related News

Latest News

Trending News