अपडेट 
२०७९ फाल्गुन १८, बिहीबार ०८:०६

प्रादेशिक अस्पताल गौरको मुख्य गेटमा सञ्चालनमा रहेको गौर होस्पिटल प्राइभेट लिमिटेडमाथि छानबिन गर्न स्थानीयले माग गरेका छन् ।

मधेश प्रदेश सरकारको मातहतमा रहेको सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन जाने बिरामीहरुलाई झुक्याएर अनुचित लाभ लिने उद्देश्यले जिल्ला अस्पतालको नाउ संग मिल्ने खालको नाउ राखेर सञ्चालन गरेका गौर होस्पिटल प्रालिको दर्ता प्रक्रिया बारे छानबिन गर्नुपर्ने माग गरिएको छ। गौर नगरपालिका – ३ मा रहेको गौर अस्पताल भित्र प्रवेश गर्ने मुख्य गेटदेखि पूर्व करीब ५० मिटर कै दूरीमा मिल्ने नाउको निजी अस्पताल खोल्न नमिल्ने जानकारहरु बताउँछन् ।

घनश्याम साह , राधे श्याम साह र रामानन्द साहले सञ्चालन गर्दै आएको गौर होस्पिटल प्रा.लिले बाहिरबाट चिकित्सक बोलाएर उपचार गर्न चर्को शुल्क लिने गरेको बुझिएको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य राखेर अस्पताल सञ्चालन गर्न चाहँदा सदर अस्पतालबाट सहमति लिनुपर्ने प्रावधान रहेकोमा सो नलिइ एउटै नाउबाट अर्को अस्पताल खोल्नु अवैधानिक रहेको स्थानीय विनोद यादवको कथन छ ।

तत्कालीन गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले गौर होस्पिटल प्रा.लि सञ्चालनका लागि अनुमति प्रदान नगरेको अस्पतालको नाउ परिवर्तन गर्नुपर्ने जानकारी हुँदाहुँदै पनि गौर अस्पतालको नक्कल गरी खोलिएको अस्पतालमाथि छानबिन गर्नको लागि राजदेवी नगरपालिका – ७ का एक जनाले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरीसमेत दर्ता गराएका छन् ।

दर्ता गराइएको उजुरीमा गौर होस्पिटल प्रा.लि ले कुनै प्रक्रिया न अपनाई दर्ता गराएको,कुन निकायबाट नाउ राख्न सहमति लिएको , नेपाल सरकारलाइ तिर्नुपर्ने कर तिरेको हो वा होइन , लेखापरीक्षण गराएको हो होइन , सुलभ फार्मेसीको औषधि बिक्री वितरण गर्न सम्बन्धित निकायबाट अनुमति प्रदान गरिएको हो होइनसहितको सम्पूर्ण कागजात झिकाएर छानबिन गरी कारबाहीको माग गरिएको छ ।

Comment


Related News

Latest News

Trending News