अपडेट 
२०७९ फाल्गुन १८, बिहीबार १९:०१

जनकपुरधाममा मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध पीडितहरू आन्दोलित भएका छन् ।

विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गरेर आर्थिक शोषण गरेको भन्दै मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन गरेका हुन् ।

ऋण लिँदा आर्कषक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म व्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ । गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेको पाइएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ ।

मिटरब्याजी तथा लघुवित्त वित्तीय संस्थाहरू ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेको आन्दोलनका अगुवा संघर्ष दाहालले बताए ।

Comment


Related News

Latest News

Trending News