अपडेट 
२०७९ फाल्गुन २७, शनिबार १०:२७

रामसागर रामस्वरुप बहुमुखी क्यामप्स (राराब)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको लागि पाँच वटा संगठनले तालमेल गरेका छन् ।

शुक्रबार समाजवादी विद्यार्थी युनियनको नेतृत्वमा पाँच संगठनले चुनावी तालमेल गरेको हो । सभापति पदमा जसपा निकट समाजवादी विद्यार्थी युनियन, सचिव पदमा नेकपा एमाले निकट अनेरास्ववियू र कोषध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका संगठन अनेरास्ववियूले उम्मेदवार उठाउने सहमति गरेका छन् । सहसचिव र उपसभापति पदमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले उम्मेदवार उठाउने सहमति भएको समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सचिव बलिराम कापरीले जानकारी दिए । उनका अनुसार एमालेका संगठनले सदस्य पदमा तीन, समाजवादीले दुई, राप्रवि संघ, अनेरास्ववियू क्रान्तिकारी, नेकपा (एस)अनेरास्ववियूले एक/एक सदस्य पदमा उम्मेदवार उठाउने छन् । यस्तै समानुपातिक तर्फ अनेरास्ववियु क्रान्तिकारीले तीन, एमाले अनेरास्ववियूले तीन, समाजवादी विद्यार्थी युनियनले दुई र नेकपा (एस) अनेरास्ववियूले दुई सदस्य उठाउने सहमति भएको छ ।

अब संगठनहरुले शुक्रबार राति उम्मेदवार तय गर्ने छन् । शनिबार संयुक्तरुमा उनीहरुले मनोनयनपत्र बुझाउने तयारीमा जुटेका छन् । शुक्रबार निर्वाचन कार्यालयबाट १२ वटा संगठन मनोनयन पत्र लिएका थिए । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । राराबमा अव त्रिपक्षीय प्रतिस्पर्धा हुने समभावना छ । नेपाली काँग्रेस निकट नेविसंघ, लोसपा निकट संगठन र पाँच दलीय गठबन्धनबीच प्रतिस्पर्धा हुने छन् ।

Comment


Related News

Latest News

Trending News