अपडेट 
२०७९ फाल्गुन २९, सोमबार १८:३९

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान घटाएको छ । अनुदानमा ११ दशमलव ८ प्रतिशतले घटाएसँगै अब किसानले किन्ने मल महँगो भएको छ । मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आज साेमवार बसेको बैठकले अब आयात हुने विन्दुमा मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डीएपी ५० रुपैयाँ र पोटास ४० रुपैयाँ पर्नेछ । अहिले रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँमा बिक्री हुँदै आएको थियो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार यसअघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा सात रुपैयाँ र पोटास किलोमा नाै रुपैयाँले महँगो भएको छ ।

कृषि मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९ दशमलव शून्य चार प्रतिशत कायम भएको छ । जसअनुसार साविकको तुलनामा झन्डै ११ दशमलव आठ प्रतिशतमात्र अनुदान मूल्य समायोजन हुनेछ ।’ बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News