अपडेट 
२०७९ चैत्र २, बिहीबार १०:५१

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल ह्याक भएको छ। पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रिट्विट भएका छन्।

विभिन्न ३ फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News