अपडेट 
२०७९ चैत्र ६, सोमबार १५:०३

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका मनिस कुमार यादव सभापतिमा निर्वाचित भएका छन ।

सभापतिमा यादवले १ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् ।

सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याएर निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डितले ८२६ मत मात्र पाएका छन् । त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार निरज कुमार गुप्ताले ३९५ मत मात्र ल्याएका छन् ।

यस्तै सदस्यहरूमा नेविसंघका रोशनी कर्ण (१००८), सोनु झा (१००४), मुन्ना कुमार प्रधान (९९९), जितेन्द्र यादव (९८९), विकास कुमार साह (९८१), नविन कुसियैत यादव (९७८), दीपेन्द्र महतो (९७६) र अभिशेक शर्माले (९७०) मत ल्याएर निर्वाचित भएका छन् ।

विगत दस वर्षपछि भएको निर्वाचनमा नेविसंघ, लोविसंघ, चार दलिय गठबन्धन, जनमत विद्यार्थी संघ चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए ।

Comment


Related News

Latest News

Trending News