अपडेट 
२०७९ चैत्र ७, मंगलवार १२:१८

काभ्रेको पनौतीस्थित माल्पी ईन्टरनेशनल आवासीय स्कूलले जनकपुरधामका अभिभावकहरुसंग छलफल गरेको छ ।

ई.सं.१९९०मा पूर्ण रुपमा आवासीय विद्यालयको रुपमा स्थापना भएको माल्पी विद्यालयमा जनकपुरधामका दुई दर्जन भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका शैक्षिक संयोजक जीवनाथ अर्यालले बताए । जनकपुरधामका बालबालिकाका अभिभावकहरुकै आग्रहमा जनकपुरधाममा छलफल कार्यक्रमको आयोजना गरिएको संयोजक अर्यालले बताए । छलफल कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि भार तसहित अन्य मुलुकहरुमा विद्यार्थी जाने क्रम बढेर गएपछि आफ्नै देशमा गुणस्तरीय शिक्षा प्रदान गरेर बाहिर जाने विद्यार्थीहरुलाई यहिँ रोक्ने मुख्य उद्देश्यले ठूलो लगानीमा विद्यालयको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रायण श्रेष्ठले बताए । उनले भने,‘हाम्रो विद्यालयमा शैक्षिक गतिविधि वाहेक जीवनपयोगी शिक्षामा जोड दिने गरेका छौं,विद्यार्थीहरुलाई अध्ययन अध्ययापन मात्र नभइ जीवनसंग सम्बन्धित विभिन्न आयामको विकासको लागि चाहिने पाठ्यक्रम बनाएका छौं, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापलाई पनि पाठ्यक्रम झैं लागु गरिएकोछ ।’ पूर्णत आवासीय विद्यालय रहेकोले २४ घण्टा विद्यार्थीहरुको हेरचाह घरकै जस्तै हुने गरेको र हामीले छात्रावासलाई छात्रावास नभनी रेजिडेन्सी भनेर सम्बोधन गर्ने गरेको प्रधानाध्यापक श्रेष्ठले बताए । २१औं शताब्दिमा किताबी ज्ञान मात्र दिएर नहुने कुरो विदितै रहेकोले विद्यार्थीहरुको सीप,कलालगायतका विभिन्न आयामको विकासको लागि यो विद्यालय उपयुक्त रहेको र यसमा नामाँकन गराइसकेपछि अभिभावकहरु ढुक्क हुन सक्ने अवस्था रहेको दाबी उनले गरे ।

छलफल कार्यक्रममा जनकपुरधाममा दुई दर्जन भन्दा बढी अभिभावक एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News