२०७९ चैत्र ७, मंगलवार १७:५६

वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने भएको हो । बैठकमा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा वैशाख १० गते प्रतिनिधिसभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा पार्टीले दिने उम्मेदवारीलगायतका विषयमा छलफल हुनेछ ।

उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

Comment


Related News

Latest News

Trending News