अपडेट 
२०७९ चैत्र ११, शनिबार ०७:५८

आजादी का अमृत महोत्सव र ’विश्व क्षयरोग दिवस’ को अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा ’नेपाल र भारतको विशेष सन्दर्भमा दक्षिण पूर्व एशियामा क्षयरोगको प्रकोप बारे विशेष छलफल गरिएको छ ।

छलफलमा प्रा डा. प्रमोदकुमार सर्राफ, निर्देशक, नारायणी केन्द्रीय अस्पताल, वीरगञ्ज डा. श्यामबाबु साह, अर्थोपेडिक सर्जन, डा. विकास शाह, बालरोग विशेषज्ञ तथा डा. राजु जैसवाल, एमडी प्यानल सहभागिता रहेको थियो । कार्यक्रममा वाणिज्य दूतावासका करिब ३५ सदस्यहरुको सहभागिता रहेको थियो । आफ्नो टिप्पणीको क्रममा कन्सुल जनरल नितेश कुमारले भारत र विश्वमा क्षयरोगको व्यापकता र गम्भीरताको बारेमा कुरा गरे र भारत सरकारको सन् २०२५ सम्ममा क्षयरोग निर्मूल गर्ने लक्ष्य राखेको संकल्प दोहोर्याएका थिए । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य रहेको छ ।

सो कार्यक्रममा डाक्टरहरूले गरिबी, कुपोषण, अस्वच्छता र अन्य सामाजिक–आर्थिक पिछडिएको क्षेत्रहरूमा यसको व्यापकतालाई विशेष सन्दर्भमा क्षयरोगको इतिहास, लक्षण, कारण, निदान, रोकथाम, उपचार आदि बारे जानकारी गराएका थिए । क्षयरोग रोकथाम र निको पार्न सकिने रोग भए पनि विश्वभर संक्रमित बिरामीको १० देखि १५ प्रतिशतको मृत्यु हुने क्षयरोग अझै खतरनाक रोग रहेको उनीहरुले जानकारी दिए । क्षयरोग निम्त्याउने ब्याक्टेरिया ‘माइकोब्याक्टेरियम ट्युबरकुलोसिस’ ले मुख्यतया फोक्सोमा असर गर्ने तर हड्डी, मिर्गौला, आन्द्रा र कपाल बाहेक मानव शरीरका अन्य सबै अंगमा समेत असर पार्न सक्ने उनीहरुले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News