अपडेट 
२०७९ चैत्र १२, आईतवार ०८:३८

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर पठ्नपाठनका लागि पाएको कोटामा विद्यार्थी छनोट गरेको छ ।

चिकित्सा शिक्षा आयोगले स्त्री रोग विभागमा दुई र बालरोग सम्बन्धी पठ् नपाठनको लागि एक विद्यार्थी छनोट गरेको छ । आयोगले प्रतिष्ठानलाई यसै वर्ष एमडी र एमएसका लागि तीन सिटमा पठ्नपाठन गराउन अनुमति दिएको थियो । सो अध्ययनको लागि पहिलो ब्याचको रुपमा ६ सय ५२ श्रेणी रहेका रञ्जित कामती, पाँच सय ५२ श्रेणीका तपेश्वर मण्डल र चार सय ४५ श्रेणीका शिवकुमार साहलाई आयोगले छनोट गरी प्रतिष्ठानलाई पत्राचार गरेका छन् ।

प्रतिष्ठान स्थापना भएको दुई वर्षभित्रै कोटा पाएर पठनपाठन सुरु गर्ने तयारीमा छन् । प्रतिष्ठानले केही दिन पहिले मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी ६ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने चिकित्सा आयोगसँग अनुमति मागेको थियो । प्रतिष्ठान स्थापना भएको ६ महिनाभित्रै बिएसी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएन एस कक्षा सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले हालै गुठी संस्थानसँग १८ विद्या जमिन लिजमा लिएको छ । सोही जमिनमा शिक्षण अस्पतालको भवन बनाउने तयारी गरेको छ । प्रतिष्ठान हाल दुईसय शैयाको छ । छिट्टै यसलाई तीन सय शैयाको बनाउने प्रतिष्ठानको तयारी छ ।

शिक्षण अस्पतालकै वरिपरी भविष्यमा आँखा अस्पताल, क्यान्सर अस्पताल, हाडर्जोनी जस्ता विभागहरु बनाइने योजना रहेको छ । ०७७ फागुन ५ गते प्रतिष्ठानको स्थापना भएको थियो । हाल प्रतिष्ठानमा ६ वटा अप्रेशन थिएटर छन् । जसमध्ये तीन वटा आधुनिक अप्रेशन थिएटर रहेको छ ।

Comment


Related News

Latest News

Trending News