२०७९ चैत्र १२, आईतवार १४:०२

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Comment

Related News

Latest News

Trending News